Logo

२०८३, आश्विन १०गते


images
images

आइपिएल

केन विलियमसन बने आइपिएल फ्रेन्चाइज लखनउको रणनीतिक सल्लाहकार

केन विलियमसन बने आइपिएल फ्रेन्चाइज लखनउको रणनीतिक सल्लाहकार

images
  • केन विलियमसन बने आइपिएल फ्रेन्चाइज लखनउको रणनीतिक सल्लाहकार
    images
    images

    काठमाडौँ । न्यूजील्याण्डका  पुर्व कप्तान केन विलियमसन आइपिएलको २०२६ को सिजनका लागि फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग  रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन् ।

    images
    images
    images

    केन रणनीतिक सल्लाहकारको रुपमा लखनउमा जोडिएको टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार जानकारी दिएका छन् । त्यस्तै लखनउले कार्ल क्रो स्पिनलाई बलिङ प्रशिक्षकको रूपमा टोलीमा सामेल गरेको छ । त्यस्तै लखनउको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका जस्टिन ल्याङ्गर र फास्ट-बलिङ प्रशिक्षकको रूपमा भरत अरुण रहने जानकारी दिएको छ ।

    images
    images
    images

    लखनउसँग जोडिएपछि केनले भनेका छन्- 'म लखनउमा सामेल हुन पाउँदा साँच्चै उत्साहित छु । उनीहरूसँग अत्यन्तै प्रतिभाशाली टोली र प्रशिक्षकहरूको एक उत्कृष्ट समूह छ जससँग म सँगै काम गर्न तत्पर छु । खेलको सबैभन्दा राम्रो फ्रेन्चाइज प्रतियोगिता, आईपीएलमा संलग्न हुनु सधैं विशेष हुन्छ ।'

    images
    images
    images

    २०२२ देखि आइपिएल खेलिरहेको लखनउले २ पटक मात्र प्लेअफ खेलेपनि उपाधि भने जित्न सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।