Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँगको संवाद शुरु, को को छन् सहभागी ?

प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँगको संवाद शुरु, को को छन् सहभागी ?

images
  • प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँगको संवाद शुरु, को को छन् सहभागी ?
    images
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सात राजनीतिक दलहरुसँगको छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सात राजनीतिक दलका प्रतिनिधिहरुसहित दुई जना पर्यवक्षकसमेत रहेका छन् । 

    images
    images
    images

    छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली, त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, त्यस्तै रास्वपाबाट  

    images
    images
    images

    डा. स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी रहेका छन् । 

    images
    images
    images

    त्यसैगरी एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र  प्रकाश अधिकारी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, मजदुर किसान पार्टी प्रेम सुवाल, जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।

    त्यस्तै छलफलमा पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

    त्यसैगरी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियारका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित रहेका छन्  ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशीला कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।