Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

बंगलादेशमाथि वेस्ट इन्डिजको सुपर ओभरमा रोमाञ्चक जित

बंगलादेशमाथि वेस्ट इन्डिजको सुपर ओभरमा रोमाञ्चक जित

images
  • बंगलादेशमाथि वेस्ट इन्डिजको सुपर ओभरमा रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा रोमाञ्चक जित हासिल गरेको छ ।

    images
    images
    images

    मंगलबार राति सम्पन्न खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई सुपर ओभरमा एक रनले जितेको हो । दुवैले २१३-२१३ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो ।

    images
    images
    images

    बंगलादेशले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाउदै २१३ रन बनाएपछि खेल टाई भएको थियो । त्यसपछि सुपर ओभरमा वेस्ट इन्डिजले दिएको ११ रनको लक्ष्य पछाएको बंगलादेशले केबल ९ रन बनाएपछि खेल वेस्ट इन्डिजले जितेको थियो ।

    images
    images
    images

    साथै यस खेलमा वेस्ट इन्डिजबीचको पुरुष एकदिवसीय खेलमा एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक तिब्र गतिका बलरले बलिङ नगरेपछि नयाँ किर्तिमान समेत बनेको छ ।

    यस खेलमा वेस्ट इन्डिजका तीव्र बलरहरूले एक ओभर पनि बलिङ गरेनन् । यसको अर्थ सम्पूर्ण ५० ओभर स्पिनरहरूले बलिङ गरे, जसले नयाँ किर्तिमान बनाएको छ । क्रिकइन्फोका अनुसार, अघिल्लो रेकर्ड ४४ ओभरको थियो, जुन श्रीलंकाले तीन अलग-अलग अवसरमा बनाएको थियो, १९९६ मा वेस्ट इन्डिजविरुद्ध, १९९८ मा न्युजिल्याण्डविरुद्ध र २००४ मा अष्ट्रेलियाविरुद्ध । यस खेलमा वेस्ट इन्डिजले प्रयोग गरेका सबै पाँच बलर स्पिनर थिए । जसमा अकील हुसैन, रोष्टन चेज, खारी पेरी, गुडाकेश मोती र एलिक अथानाज रहेका थिए ।

    यो जितपछि वेस्ट इन्डिजले ३ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल विहिबार हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।