Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय महिला फुटबल टिम भारत प्रस्थान

राष्ट्रिय महिला फुटबल टिम भारत प्रस्थान

images
  • राष्ट्रिय महिला फुटबल टिम भारत प्रस्थान
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम भारतमाको शिलोङमा हुने इरान र भारतसँगको मैत्रीपूर्ण खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली महिला फुटबल टिम बुधबार बिहान भारततर्फ प्रस्थान गरेको हो ।

    images
    images
    images

    यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले  मंगलबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला फुटबल टिमको बिदाई गरेको थियो ।

    images
    images
    images

    नेपाली राष्ट्रिय महिला टिमले अक्टोबर २४ मा इरानसँग र अक्टोबर २७ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल भारतको शिलोङमा खेलिने एन्फाले जानकारी दिएको छ ।

    images
    images
    images

    मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

    नेपाली महिला फुटबल टिम:

    गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।

    डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।

    मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।

    फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।