Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

भारतको लगातार दोस्रो हार, एक खेल अघि नै अस्ट्रेलियाले जित्यो सिरिज

भारतको लगातार दोस्रो हार, एक खेल अघि नै अस्ट्रेलियाले जित्यो सिरिज

images
  • भारतको लगातार दोस्रो हार, एक खेल अघि नै अस्ट्रेलियाले जित्यो सिरिज
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    भारतले दिएको २६५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    अस्ट्रेलियाका लागि माथ्यु शर्टले सर्बाधिक ७४ रन बनाए भने कूपर कोन्नोलीले अविजित ६१ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह, हर्षित राना र वाशिंटन सुन्दरले २-२ विकेट लिए भने मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २६४ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्बाधिक ७३ रन बनाएका थिए भने श्रेयस अय्यरले ६१, अक्सर पटेलले ४४ रन बनाएका थिए ।

    त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पाले ४ विकेट लिएका थिए भने जेभियर बार्टलेटले ३ तथा मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

    यो जितसँगै तीन खेलको सिरिजमा लगातर दोस्रो जित हासिल गर्दै सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल शनिबार हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।