Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

महिला क्रिकेट विश्वकप: न्यूजील्याण्डलाई हराउदै भारत सेमिफाइनलमा

महिला क्रिकेट विश्वकप: न्यूजील्याण्डलाई हराउदै भारत सेमिफाइनलमा

images
  • महिला क्रिकेट विश्वकप: न्यूजील्याण्डलाई हराउदै भारत सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । भारत जारी महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    images
    images
    images

    गएराती मुम्बईको डी.वाई. पाटिल स्टेडियममा खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा तीन विकेट गुमाएर ३४० रन बनाएको थियो । वर्षाका कारण खेल सुरुमा ४९ ओभरमा घटाइएको थियो तर फेरि वर्षाका कारण खेल ४४ ओभरमा घटाइएको थियो, जसले न्युजिल्यान्डलाई ३२५ रनको नयाँ लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै न्युजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाएर २७१ रन मात्र बनायो । 

    images
    images
    images

    यो जितसँगै भारतीय टिम अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ ।

    यसका साथै न्यूजील्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।