Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज

बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज

images
  • बंगलादेशले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज
    images
    images

    काठमाडौँ । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

    images
    images
    images

    विहिबार सम्पन्न सिरिजको तेस्रो खेलमा १७९ रनको फराकिलो जित हासिल गर्दै बंगलादेशले वेस्ट इन्डिजविरुद्धको सिरिज जितेको हो ।

    images
    images
    images

    यस खेलमा बंगलादेशले दिएको २९७ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज केवल ३०.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो ।

    images
    images
    images

    वेस्ट इन्डिजका लागि अकील हुसैनले सर्बाधिक २७ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर नासुम अहमद र रिशाद होसैनले ३-३ विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २९६ रन बनाएको थियो । बंगलादेशका लागि सौम्य सरकारले सर्बाधिक ९१ र सैफ हसनले ८० रन बनाए । त्यस्तै वेस्ट इन्डिजका बलर अकील होसैनले सर्बाधिक ४ विकेट लिएका थिए ।

    अब दुवै देशबीच ३ खेलको टी-२० सिरिज हुदैछ । सिरिजको पहिलो खेल सोमबार  हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।