Logo

२०८३, श्रावण ३०गते


images
images

शुभकामना सन्देश

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरौँ  : प्रधानमन्त्री कार्की

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरौँ  : प्रधानमन्त्री कार्की

images
  • निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरौँ  : प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आग्रह गरेकी छन् ।

    images
    images
    images

    छठको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी हुन् ।

    images
    images
    images

    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको भन्दै उनले आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि रहेको बताएकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन् 'जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ । सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ- आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।

    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।

    यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’

    छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उनको भनाई छ । उनले अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताइन् ।

    उनले भनेकी छन् 'सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई, पहाड, हिमाल जोड्ने सेतु बनिरहेको छ ।

    पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस् ।

    अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।