Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

सिन्धुलीमा कार दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोराको अवस्था गम्भिर

सिन्धुलीमा कार दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोराको अवस्था गम्भिर

images
  • सिन्धुलीमा कार दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोराको अवस्था गम्भिर
    images
    images

    सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका-६ चैनपुरमा कार दुर्घटनामा परेको छ ।  मङ्गलवार बिहान कार सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

    images
    images
    images

    दुर्घटनामा परि मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षीय ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा उनको पत्नी ४९ वर्षीय सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् ।

    images
    images
    images

    घाइतेहरूलाई तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उपचारको क्रममा ओम बहादुर अर्जेलको मृत्यु भएको प्रहरीले बताएको छ । अर्जेलकी पत्नीको अवस्था गम्भीर रहेको छ भने छोरा निशान्तको थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार ओम बहादुर आफैले चलाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।