Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

दक्षिण अफ्रिका महिला क्रिकेट विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका महिला क्रिकेट विश्वकपको फाइनलमा

images
  • दक्षिण अफ्रिका महिला क्रिकेट विश्वकपको फाइनलमा
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिका जारी आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

    images
    images
    images

    बुधबार सम्पन्न सेमिफाइनल खेलमा इङल्याण्डलाई १२५ रनले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो ।

    images
    images
    images

    दक्षिण अफ्रिकाले दिएको ३२० रनको लक्ष्य पछाएको इङल्याण्ड ४२.३ ओभरमा अल आउट हुदै १९४ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले कप्तान लाउरा वोलभारडटको १६९ रनको शतकीय पारीको सहयोगले ५० ओभरमा ७ विकेट गुमाउदै ३१९ रन बनाएको थियो ।

    यो जितपछि दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । दक्षिण अफ्रीका यसअघि तीन पटक २०००, २०१७ र २०२२ मा सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

    अब दक्षिण अफ्रीकाले फाइनलमा भारत र अस्ट्रेलियावीचको बिजेतासँग आगामी आइतबार उपाधिका लागि खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।