Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेसमा विवाद चुलियो, गगन थापाले किन बहिष्कार गरे केन्द्रीय समिति बैठक ?

कांग्रेसमा विवाद चुलियो, गगन थापाले किन बहिष्कार गरे केन्द्रीय समिति बैठक ?

images
  • कांग्रेसमा विवाद चुलियो, गगन थापाले किन बहिष्कार गरे केन्द्रीय समिति बैठक ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशन विषयको विवाद चुलिएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि यो विवाद अझ बढेको हो ।

    images
    images
    images

    महामन्त्री थापाले विहिबारको केन्द्रीय समिति बैठकनै बहिष्कार गरेर विद्रोहको संकेत समेत दिएका छन् । विहिबारको बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र शर्माको अनौपचारिक छलफल भएको थियो ।  सो छलफलमा बैठकमा कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्का तयार नभए पछि महामन्त्री थापा केन्द्रीय समितिको बैठकमै नबसेर बाहिरिएका थिए ।

    images
    images
    images

    कांग्रेसमा सभपतिको सहमतिमा महामन्त्रीले बैठकमा एजेन्डा प्रस्तुत गर्ने चलन रहेकाले आफुले तयार गरेको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाउने भएपछि थापाले केन्द्रीय समितिको बैठकनै बहिष्कार गरेको उनी निकट नेताले बताएका छन् । 

    images
    images
    images

    यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि प्रस्तुत गरेका थिए, जसलाई संस्थापन पक्षले अस्वीकार गरेपछि उनले सार्वजनिक गरेका थिए । महामन्त्री थापाले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएको भन्दै महाधिवेशनमा गएर नेतृत्व परिवर्तन नगरेसम्म चुनावमा जान नसकिने बताउदै आएका छन् । अर्कोतर्फ संस्थापन पक्षले भने अब महाधिवेशनमा भन्दा चुनावमा केन्द्रित हुनुपर्ने बताउन थालेका छन् । 

    कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

    त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।

    गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।