Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

भारतीय क्रिकेटर अय्यर अस्पतालबाट डिस्चार्ज

भारतीय क्रिकेटर अय्यर अस्पतालबाट डिस्चार्ज

images
  • भारतीय क्रिकेटर अय्यर अस्पतालबाट डिस्चार्ज
    images
    images

    काठमाडौँ । खेलका क्रममा घाइते भएर अस्ट्रेलियामा उपचारत रहेका भारतीय क्रिकेटर श्रेयस अय्यरको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ ।

    images
    images
    images

    भारतीय क्रिकेट नियन्त्रण बोर्डले अय्यरको चोटमा सुधार भएको जानकारी दिदै अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ ।

    images
    images
    images

    बोर्डका सचिव देवजित सैकियाले अय्यरको स्वास्थ्य स्थिर र राम्रोसँग निको भइरहेको बताएका छन् । उनले भनेका छन्- 'सिड्नी र भारतका विशेषज्ञहरू सहित बोर्डका मेडिकल टोली अय्यरको स्वास्थ्यलाभबाट सन्तुष्ट छन् । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ ।'

    images
    images
    images

    अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका थिए र अस्पताल भर्ना भएका थिए । श्रेयसको पेटको तल्लो भागमा चोट लागेको थियो ।रे।

    अय्यर थप स्वास्थ्य परिक्षण र परामर्शको लागि केही समय सिड्नीमै रहने र उडानको लागि फिट भएपछि भारत फर्कने बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।