Logo

२०८३, श्रावण ३०गते


images
images

'मन्त्रीबाट राजीनामा दिन्न, आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु'

'मन्त्रीबाट राजीनामा दिन्न, आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु'

images
  • 'मन्त्रीबाट राजीनामा दिन्न, आन्दोलनले दिएको जनादेश पूरा गर्न क्रियाशील छु'
    images
    images

    काठमाडौँ । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नदिने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै कुलमानले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    विभिन्न सञ्चारमाध्यममा कुलमानले राजीनामा दिएर नयाँ दल गठन गर्ने समाचार प्रकाशित गरेका थिए ।

    images
    images
    images

    कुलमानले भनेका छन्:

    विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको  प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।