Logo

२०८३, श्रावण ३०गते


images
images

मतदाता नामावली

प्रधानमन्त्री कार्कीको आव्हान : बेथितिसँग लड्न मतदान

प्रधानमन्त्री कार्कीको आव्हान : बेथितिसँग लड्न मतदान

images
  • प्रधानमन्त्री कार्कीको आव्हान : बेथितिसँग लड्न मतदान
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवालाई मतदाता नामावलीमा नाम दर्ता गरेर निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

    images
    images
    images

    शुक्रबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने भन्दै विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताएकी हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले भनिन् 'जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।'निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नामावली सङ्कलन कार्य सञ्चालन गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।