चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठक आज सकिदैछ ।
शुक्रबारदेखि सौराहास्थित सभा हलमा जारी बैठकमा आज सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनता हस्ताक्षरको प्रतिवेदन पेश हुने लगायतका कार्यक्रम रहेको प्रवक्ता मनिष झा ले जानकारी दिएका छन् ।
आज बैठकमा निर्वाचन क्षेत्र स्तरीय स्वमुल्यांकन फारम, निर्वाचनको बाचापत्रको प्रारम्भिक खाका, उम्मेदवार छनौट विधि प्रस्तुत हुने कार्यतालिका रहेको छ । त्यस्तै आज स्थानीय कला प्रस्तुति र समुहगत छलफललगायतको कार्यतालिका रहेको छ ।
यसअघि शुक्रबार उद्घाटन शत्रपछि कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गरेका थिए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहाकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधीसभा निर्वाचन क्षेत्रिय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology