Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गाको उक्साहाट

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु

images
  • सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: घर भत्काउन आएमा उनीहरुको घर भत्काउन जानु
    images
    images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुकम्बासी बस्ति हटाउन आएमा उनीहरुको घरमा गएर आक्रमण गर्न उक्साएका छन् । जडिबुटीको मनोहरास्थित सुकुम्बासी बस्ति पुगेर प्रसाईले आफ्नो घर भत्काउन आएमा जाइलाग्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे ।

    images
    images
    images

    बालेनले दुई लाख परिवारलाई लखेटेको आरोप लागाउदै काठमाडौँको व्यवसाय चौपट भएको आरोप लगाए । उनले महानगरसँग बजेट छ शहर राम्रो बनाउने हो भने घर बनाउन बालेनलाई सल्लाह दिए । प्रसाईले बालेनले मकै पोलेर खानेलाई पनि बिचल्लीमा पारेको आरोप समेत लगाए । उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न समेत आह्वान गरे । 

    images
    images
    images

    सुकुम्बासी बस्ती खाली गर्न महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दिएको एक हप्ताको अल्टिमेटम शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएसँगै आजदेखि बस्ती खाली गराउने महानगरको योजना छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।