Logo

२०८३, श्रावण ३१गते


images
images

मधेस प्रदेश

मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

images
  • मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ
    images
    images

    काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।

    images
    images
    images

    विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

    images
    images
    images

    निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन् ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी  प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।'

    images
    images
    images

    सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।