Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । सगरमाथा आवासीय मा.वि. देवदह-७ ले अभिभावकसँग अन्तरक्रिया गरेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रम भएको विद्यालयले जनाएको छ ।  

    images
    images
    images

    अन्तरक्रियामा अभिभावकहरुले विभिन्न रचनात्मक सुझावहरु राख्दै कक्षा ८ को परीक्षा नगर स्तरीय भएकाले उच्चतम  जि.पि.ए ल्याउनका लागि अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कक्षा शिक्षकहरु खेम आले र यतिन क्षेत्रीले विद्यार्थीहरुको शैक्षिक एवम् अन्य क्रियाकलापसहितको रिपोर्ट प्रस्तुत गरे । 

    images
    images
    images

    सोही अवसरमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले अभिभावकहरु आफ्ना बालबालिकाहरुको व्यावहारिक क्रियाकलापहरुमा सहभागी भई उनीहरुलाई हौसला दिनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    विद्यार्थीहरुको उमेर समूह अनुसार शिक्षक र अभिभावकले उनीहरुको भावनात्मक संवेग व्यवस्थापनमा सहयोगी बन्नुपर्नेमा प्राचार्य पौडेलले जोड दिए ।

    कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका ४० जना अभिभावकहरुको सहभागिता रहेको कार्यक्रम विद्यालयका सह-प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा भएको हो । 
     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।