Logo

२०८३, श्रावण ३०गते


images
images

दिल्ली विस्फोट

दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि

दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि

images
  • दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि
    images
    images

    काठमाडौँ । सोमवार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि  भएको छ ।

    images
    images
    images

    डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधवार राति अबेर, प्रहरी र फोरेन्सिक टोलीले विस्फोटक पदार्थले भरिएको आई २० कारमा सवार घटनास्थलमा कारमा टुक्राटुक्रा अवस्थामा फेला परेको शवबाट लिइएको डिएनए नमूना उमरकी आमाको डिएनएसँग मेल खाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    दिल्ली प्रहरीको विशेष सेलले पुलवामाको सम्बुरामा बस्ने डा. उमरका परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको छ । उमरकी आमा र भाइले परिक्षणकालागि डिएनएका नमूनाहरू प्रदान गरेका थिए, जुन विस्फोटमा प्रयोग गरिएको कारको भग्नावशेषमा भेटिएका अवशेषहरूसँग मेल खाएको छ ।

    images
    images
    images

    अनुसन्धान एजेन्सीहरूले उमरले गाडीमा जडान गरिएको विस्फोटक वा कार बम बनाउने प्रयास गरिरहेको र अनलाइन जानकारी सङ्कलन गरेको बताएका छन् । नोभेम्बर १० मा आफ्ना सहयोगीहरूको गिरफ्तारी डरले उमरले आतंकित हुँदै बम विस्फोट गराएको अनुसन्धानमा खुलेको छ ।

    बिहीवार बिहान बम विस्फोटमा अर्का घाइते व्यक्तिको मृत्यु भएको छ । दिल्ली प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान दिल्ली बाहिर बस्ने गुलाम हसनका छोरा बिलालको रूपमा गरिएको छ । 

    अहिले १६ भन्दा बढी घाइतेहरू हाल दिल्लीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।