Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया

images
  • सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । सगरमाथा आवासीय मा.वि. देवदह-७, शीतलनगमा शिक्षक-अभिभावक विच अन्तरक्रिया गरिएको छ । कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।  

    images
    images
    images

    अन्तरक्रियामा अभिभावकहरुले विभिन्न रचनात्मक सुझावहरु राख्दै कक्षा ७ को वार्षिक परीक्षामा उच्चतम  जि.पि.ए ल्याउनका लागि अतिरिक्त क्रियाकलापहरु राखी सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा कक्षा शिक्षकहरु अजीमा पराजुली, जय भण्डारी र आरती रानाले विद्यार्थीहरुको शैक्षिक एवम् अन्य क्रियाकलापसहितको विवरण प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले बालबालिकाहरुलाई व्यावहारिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुको हौसला बृद्धिको लागि वातावरण बनाईदिन अभिभावकहरुलाई आग्रह गरे । प्राचार्य पौडेलले विद्यार्थीहरुको सम्रग सफलतामा परीक्षा फललाई मात्रै आधार बनाउन नहुने र समग्र क्रियाकलापहरु पनि समेट्नु पर्नेमा जोड दिए ।

    कक्षा ७ का ४४ जना विद्यार्थीका अभिभावकहरुको सहभागितामा भएको कार्यक्रम सह प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा भएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।