Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेश प्रदेश विवाद: सभामुखलाई उपसभामुखको काउन्टर विवाद : सभामुखलाई उपसभामुखको काउन्टर

मधेश प्रदेश विवाद: सभामुखलाई उपसभामुखको काउन्टर विवाद : सभामुखलाई उपसभामुखको काउन्टर

images
  • मधेश प्रदेश विवाद: सभामुखलाई उपसभामुखको काउन्टर विवाद : सभामुखलाई उपसभामुखको काउन्टर
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन भएपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ ।

    images
    images
    images

    बिहिवार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबेर राति प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन् ।

    images
    images
    images

    सभामुखले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।

    images
    images
    images

    सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी छन् ।

    साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन् ।

    सभामुख मण्डल एमालेबाट धनुषा १(२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने सप्तरीकी राउत जनमत पार्टीबाट समानुपातिक सांसद हुन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।