बझाङ । सदुमुकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा दुर्घटना भएको छ ।
जयपृथ्वी नगरपालिका वडा न २ काे कार्यालय नजिकैको घुम्ती मोडमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानियले बताएका छन ।
साझ करिब ५ :०० बजे तिर यात्रुहरुलाइ घर छाेडेर फर्किने क्रममा जीव दुर्घटना भएको हो । जीपमा सबार सबै यात्रु झरि सकेका र जीपमा सबारीधनि पुरक बहादुर सिह मात्र रहेका थिए।
सिंह को छातीमा र खुट्टा मा सामान्य चोटपटक लागेकाे र उपचारका लागि धनगढी लगिएकाे उनका आफन्त इश्वर बहादुर सिहले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology