Logo

२०८३, आश्विन ९गते


images
images

कविता : मेरि आमा मरेकी छैनन् 

कविता : मेरि आमा मरेकी छैनन् 

images
  • कविता : मेरि आमा मरेकी छैनन् 
    images
    images

    कविता : मेरि आमा मरेकी छैनन् 

    images
    images
    images

    मान्छेहरु कति सजिलै भन्ने गर्छन् 
    तेरि आमा मरिसकि, तेरा बाउ मरिसके
    अहँ म पत्याउदिन
    किनकी मेरि आमा मरेकी छैनन् ।

    images
    images
    images

    कहिले श्रीमतीको मुखारविन्दुबाट सिकाउछिन
    कहिले छोराछोरीको तोतेबोलिबाट सम्झाउँछिन
    तिमिहरु कति सजिलै भन्छौं हँ ?
    तेरि आमा मरिसकि, तेरा बाउ मरिसके
    अहँ म पत्याउँदिन
    किनकी मेरि आमा मर्नै सक्दिनन ।

    images
    images
    images

    अफ्ट्यारा बाटामा लडिन्छ भनेर चेत भर्ने आमा हुन ती
    गलत बोल्दा मरिन्छ भनेर चेत भर्ने बाबा हुन ती
    अझै पनि भान्छामा डाडु बज्दा आमा छिन जस्तो लाग्छ
    बाडुल्कीको धड्कन भित्र बाबा छन जस्तो लाग्छ
    कति सजिलै भन्छन् है मान्छेहरु
    तेरि आमा मरिसकि, तेरा बाउ मरिसके
    अहँ म पत्याउँदिन
    किनकि मेरि आमा मर्नै सक्दिनन ।

    रातमा उज्यालो दिने ताराहरु आमा हुन
    दिनमा उर्जावान घाम दिने सुर्यहरु बाबा हुन
    मलाई जिउँन सहारा दिने
    जलथल, अग्नि हावा 
    सबैसबै आमा हुन ती
    बाबा हुन ती 
    कति सजिलै भनिदिन्छन मान्छेहरु
    तेरि आमा मरिसकी तेरा बाउ मरिसके 
    अहँ म पत्याउँदिन
    किनकि मेरि आमा मरेकी छैनन् ।
    मेरा बाबा मरेका छैनन् ।

    रामचन्द्र तिम्सिना (आवाज)
    म्यागङ ५ सामरी, नुवाकोट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।