काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा फरक विचार राख्दैमा मिडिया ट्रायलको बारम्बार सिकार हुनुपरेको बताएकी छन् ।
तोसिमाले पार्टीमा फरक विचार राख्दैमा, फरक रोडम्याप ल्याउदैमा आफु मिडिया ट्रायलको बारम्बार सिकार हुनुपरेको बताएकी हुन् ।
उनले घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि भन्दै बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउने चेतावनी समेत दिएकी छन् । उनले एक व्यक्तिले देश नबन्ने भन्दै देश बनाउन सज्जनहरुको सहकार्य चाहिने बताएकी छन् ।
तोसिमाले भनेकी छन्:'सबै अट्ने सबै खट्ने' पार्टि बनाउने मार्गचित्र पेष हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष वाध्य बन्यो। संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि। तर फेरी निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो ।
घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न नसक्ने, रिफर्मको एजेणडालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, "सबै अट्ने सबै खट्ने" गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउदैछ। फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथिहरु एक पछि अर्को निस्किन्छन् नै। केहि बोलेर केहि नबोलेरै । फेरी भन्छु, एक व्यक्तिले देश बन्दैन।देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology