Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    काठमाडौँ । ओखलढुंगा र बाराबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ । 

    images
    images
    images

    २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाङिया बस्ती बस्ने ४० वर्षीय सोम बहादुर भोलनलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।