Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

images
  • दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
    images
    images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    images
    images
    images

    गएराती भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईले शान्ति व्यवस्थामा खलल पुर्याएको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । 

    images
    images
    images

    सोमवार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।

    images
    images
    images

    उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।