Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

यस पटक हामी झुक्दैनौं : गगन थापा

यस पटक हामी झुक्दैनौं : गगन थापा

images
  • यस पटक हामी झुक्दैनौं : गगन थापा
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस पटक नझुक्ने बताएका छन् ।

    images
    images
    images

    एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीमा रिफर्म गर्ने की नगर्ने भन्ने दुई पक्षीय विचारको द्वन्द भएको बताउदै आफुहरु यस पटक नझुक्ने र नझुक्किने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    महामन्त्री थापाले आफुहरु चुनावमा जानुभन्दा अगाडी पार्टीमा रिफर्म हुनुपर्ने अडानमा रहेको भन्दै देशभरका नेता कार्यकर्तालाई नआत्तिन र संगठनको काममा निरन्तर लाग्न आग्रह गरेका छन् ।

    images
    images
    images

    महामन्त्री थापाले भनेका छन्- 'पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।

    जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् ।

    आम नागरिकले पुरानै शैलीले अब काँग्रेस चल्दैन भन्ने स्पष्ट सन्देश दिएको भन्दै सुधार गरेर मात्र विश्वास फर्काउनुपर्ने बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।