Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो

दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो

images
  • दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो
    images
    images

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईँलाई भेट गरेको छ । मंगलबार आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो ।

    images
    images
    images

    प्रसाईँलाई गएराती निजको भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको आयोगले जनाएको छ । 

    images
    images
    images

    आयोगले भनेको छ- 'बदलिँदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भैसकेको सन्दर्भमा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता हुन्छ । शान्ति सुरक्षा कायम गर्ने विषय सरकार र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको समेत भएको हुँदा शान्तिसुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको समेत कर्तव्य हुन जान्छ ।'

    images
    images
    images

    त्यस्तै आयोगले कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई निर्देशन गरेको छ । साथै, आयोगले देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह समेत गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।