Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय

फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय

images
  • फागुन २१ को निर्वाचनमा सेना परिचालनको सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषदको निर्णय
    images
    images

    काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ ।

    images
    images
    images

    विहिवार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    त्यस्तै बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल भई उक्त मस्यौदालाई आवश्यक संशोधन सहित स्वीकृत गरी नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

    बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।