Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

सगरमाथामा हाजिरीजवाफ र कुर्सी दौड प्रतियोगिता

सगरमाथामा हाजिरीजवाफ र कुर्सी दौड प्रतियोगिता

images
  • सगरमाथामा हाजिरीजवाफ र कुर्सी दौड प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह-७, शीतलनगमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको पठन संस्कृति वृद्धि गर्दै प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सिनियर तह कक्षा ७ ,८, ९ र १० का विद्यार्थीहरुको बिचमा प्रतियोगिता भएको हो । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्लले यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन गर्ने बानी विकास हुनुका साथै समसामयिक विषयतर्फ पनि रुचि बढ्ने बताए । कार्यक्रमबाट प्रतिस्पर्धाको भावना जागृत भई ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गरे । प्रत्येक सदनबाट छनोट चरण पार गरेकाहरुबाट २÷२ समूह निर्माण गरी ८ समूहका बिचमा भएको प्रतिस्पर्धामा ग्रीन ‘ए’ सदन प्रथम, एल्लो  ‘ए’ सदन  द्धितीय र  एल्लो  ‘बी’  सदनले तृतीय स्थान हासिल गरे ।  

    images
    images
    images

    जुनियरतर्फ कक्षा ४, ५ र ६ तर्फ पनि कुर्सी दौड प्रतियोगिता राखिएको थियो । उक्त प्रतियोगितामा प्रतियोगितामा कक्षा ४ छात्रातर्फ आरध्या पौडेल प्रथम, दीपशिखां राना  द्धितीय र जीया वानियाँले तृतीय स्थान प्राप्त गरे । यस्तै कक्षा ४ छात्रतर्फ आरव जैसी  प्रथम,  सुजल भण्डारी द्धितीय र आजक ढेङ्गा मगरले तृतीय स्थान हासिल गरे । 

    images
    images
    images

    यसैगरी कक्षा ५ छात्रातर्फ  स्वस्तिका क्षेत्री प्रथम, सिवाग्ना आचार्य द्धितीय र दीविशा ठाकुरले तृतीय स्थान प्राप्त गरे । कक्षा ५ कै छात्रतर्फ   सुजल काफ्ले प्रथम, डेविड राना द्धितीय र कमल घर्ती तृतीयले स्थान स्थान हासिल गरे । 

    यसैगरी  कक्षा ६ छात्रातर्फ अनुस्का भण्डारी  प्रथम, एस्लिन थापा द्धितीय र रोश्नी श्रिस तृतीय भए । कक्षा ६ कै छात्रतर्फ अतित भट्राई प्रथम, सुगम बराल द्धितीय र सक्षम चौधरीले तृतीय स्थान प्राप्त गरे ।

    कुर्सी दौड प्रतियोगिता खेल संयोजक सुजता रानाको नेतृत्वमा तथा हाजिरीजवाफ प्रतियोगिता आधारभूत तह संयोजक सुमन पाण्डेको नेतृत्व र स्वयम नेपालीको सञ्चालनमा भएको हो ।

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।