Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

images
  • सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ज गरेको छ।

    images
    images
    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले आठ विकेटको क्षतिमा १७५ रन बनाउन सक्यो ।

    images
    images
    images

    पोखराले लगातार दोस्रो हार व्यहोरेको दिन सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ ।

    images
    images
    images

    पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए । उनले ३२ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए । त्यस्तै, जेम्स निसमले ४७ रन बनाए। उनले २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

    सुदूरपश्चिमका लागि हरमित सिंहले दुई, स्कट कुग्लिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले एक–एक विकट लिए । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।