Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

images
  • एनपीएलमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुदैछन् । पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहान सवा ११ बजेदेखि हुदैछ । जारि एनपीएलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल जितेको छ भने कर्णाली याक्सले पहिलो खेलमा हार बेहोरेको छ ।

    images
    images
    images

    रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

    images
    images
    images

    त्यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

    images
    images
    images

    त्यसैगरी आज दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्सवीच हुदैछ । यो खेल आज दिउसो साढे ३ बजेदेखि शुरु हुदैछ । जारी एनपीएलमा काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने विराटनगरले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।

    करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

    त्यसैगरी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।