काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ ।
शनिबार विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ।
विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । काठमाडौं भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । पहिलो खेलमा जित हासिल गरेको काठमाडौँको दुई अंक छ ।
विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए। उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए। काठमाडौँका लागि शहाब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक-एक विकेट लिए ।
अब अर्को खेल सोमबार हुनेछ । सोमबार बिहान ११: ४५ बजे बिराटनगर किंग्स र जनकपुर बोल्टस् तथा अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology