Logo

२०८३, आश्विन १७गते


images
images

दुर्गा प्रसाइको बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता

दुर्गा प्रसाइको बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता

images
  • दुर्गा प्रसाइको बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    images
    images

    काठमाडौँ । सरकारसँगको सहमतिपछि दुर्गा प्रसाई नेतृत्वकाे राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आजका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।

    images
    images
    images

    शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता लिन सहमत भएको सरकार र अभियानबीच भएको सहमतिमा उल्लेख छ ।

    images
    images
    images

    वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको उल्लेख छ ।

    images
    images
    images

    वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोलीसहित अधिवक्ताहरु विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं सहभागी थिय भने 

    सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।