काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले कम्युनिस्ट खोल छाडेको बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै किरातीले कम्युनिस्ट खोल छाडेको घोषणा गरेका हुन् ।
‘हामिले खोल छाड्यौँ अब गुदी बोकेर हिड्छौँ’ उनले भने । कम्युनिस्टहरुमा बोली व्यवहारमा एकरुपता नभएको आरोप लगाए ।
उनले जेनजी विद्रोहको सन्देश पार्टीहरूमा पुस्तान्तरण र रूपान्तरण नै भएको बताएका छन् । ‘जेनजीहरूले नबोलेर दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण नै हो, आज त्यो ठूला दलहरूले ती सन्देशलाई ओझेलमा पार्दै वृद्धाश्रम खोल्नु भएको छ, उहाँहरूलाई सम्मान छ तर आजको आवश्यकता उहाँहरूले बुझ्न सक्नुभएन, त्यसैले हामीले यो बाटो लियौं,’ उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology