Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा नगरपालिकाद्वारा व्यवसायीमाथि दमन भएको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति

बुटवलमा नगरपालिकाद्वारा व्यवसायीमाथि दमन भएको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति

images
  • बुटवलमा नगरपालिकाद्वारा व्यवसायीमाथि दमन भएको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति
    images
    images

    बुटवल । बुटवल उप-महानगरपालिकाले फुटपाथ व्यवस्थापन र सौन्दर्यकरणका नाममा साना व्यवसायीहरूमाथि अमानवीय व्यवहार र लुटपाट गरेको भन्दै प्रगतिशील लोकतान्त्रिक पार्टी रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार बञ्जाडेले एक प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रहरी र नगरपालिकाको नेतृत्वमा भएको बल प्रयोगको कडा शब्दमा भर्त्सना गरेका हुन् ।

    images
    images
    images

    “केही दिनदेखि बुटवलको अमरपथ लगायतका क्षेत्रमा फुटपाथ हटाउने बहानामा नगर प्रहरीले व्यवसायीहरूमाथि भौतिक आक्रमण गर्ने, पसलभित्रै छिरेर सामानहरू जबरजस्ती लैजाने र व्यवसायीहरूलाई घाइते बनाउने जस्ता अराजक गतिविधि गरिरहेका छन्। नगरको सौन्दर्यकरण गर्ने कार्य सकारात्मक भए तापनि व्यवसायीको आत्मसम्मानमा ठेस पुर्‍याउने र उनीहरूको सम्पत्ति लुट्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुदैन ।” विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    विज्ञप्ति मार्फत प्रगतिशील लोकतान्त्रिक पार्टीले लुटिएका सामानहरू तत्काल फिर्ता गर्न र लुटपाट एवं हातपातमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न नगरपालिका समक्ष जोडदार माग गरेको छ । यसैगरी, फुटपाथमा व्यापार गरेर जीविकोपार्जन गर्ने नागरिकहरूका लागि निश्चित स्थान निर्धारण गरी व्यवसाय गर्ने वातावरण सृजना गर्न र लामो समयदेखि आन्दोलनरत ई-रिक्सा चालकहरूको समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न समेत आग्रह गरिएको छ ।

    images
    images
    images

    बुटवलका प्रतिष्ठित उद्योग तथा व्यापार संघहरूले यस गम्भीर विषयमा प्रभावकारी आवाज नउठाएको र रहस्यमय मौनता साँधेको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ । प्रशासन र नगरपालिकालाई सभ्यता, धैर्यता र सत्कर्मको बाटो अपनाउन सुझाव दिँदै विज्ञप्तिमा भनिएको छ कि दादागिरीको भरमा प्रशासन चल्न सक्दैन । यदि नगरपालिकाले आफ्नो कार्यशैलीमा सुधार नगरी अराजकतालाई प्रश्रय दिइरहेमा आम जनता सडकमा उत्रन बाध्य हुने र त्यस्तो जनआन्दोलनमा प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्ण ऐक्यबद्धता र समर्थन जनाउने चेतावनी समेत दिइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।