Logo

२०८३, श्रावण ३०गते


images
images

सुत्केरी देखि ७० बर्षिया आमाको बाध्यता : गिट्टी नकुटी चल्दैन जीवन

सुत्केरी देखि ७० बर्षिया आमाको बाध्यता : गिट्टी नकुटी चल्दैन जीवन

images
  • सेतोमसी सहकर्मी
  • सुत्केरी देखि ७० बर्षिया आमाको बाध्यता : गिट्टी नकुटी चल्दैन जीवन
    images
    images

    रमेश बहादुर सिह, बझाङ । किस्मती बोहोरा आफ्नै हात पाखुरा थिच्दै गिट्टी कुटेर बिहान बेलुकीको छाक टार्ने गर्छिन् । पुसको चिसो सिरोटाेमा पनि जयपृथ्वी नगरपालिका १० को बाउली खोला किनारमा  जीवन धान्नेकै लागि बिहानदेखि साँझसम्मै खट्छिन उनी ।

    images
    images
    images


    उनीजस्तै दैलेख जिल्लाबाट बिगत लामो समयदेखि बस्दै आएकी अनिसा मगर पनि १ बर्षे बालक काखमा च्यापेर गिट्टी कुटिरहेकी छन् । उनले आफ्ना बालबच्चा हुर्काउनलाई  गिट्टी कुटेर नै घरपरिबारको सारा खर्च चलाएको बताइन् ।

    images
    images
    images


    हातभरी फोका हुदासम्म गिट्टी कुट्दै बसेकी  जलधरा   रावल चिसो गर्मी नभनी ठुलठुला ढुङ्गा फुटाउदै गिट्टी संकलन गर्दै आएकी छिन् ।

    images
    images
    images

    त्यही नजिकै सोही ठाँउकि  चरिमाया बोहोरा काखमा दुधे बालक च्याप्दै र छेउमा अर्कि छोरीलाई ख्याल गर्दै आफ्ना ५ छोराछोरीलाई गिट्टी कुटेरै पढाई लेखाइ गरेको बताउँछिन् ।

    सुर्मा गाउँपालिकाकि  चरिमायाले आफ्ना परिबारका १२ जना सदस्य बेरोजगार भएकाले जीवन धान्ने पेशा यहि भएको बताइन । उनी शिशुलाई काखीमै च्यापेर गिट्टी कुट्ने र ढुङ्गा फुटाउदा चिसो भुइँमा बच्चालाई  राखेर ढुङ्गा जम्मा गर्दै गरेको देख्न सकिन्छ ।

    यी प्रतीनिधीमुलक घटना मात्र हुन् । सदरमुकाम चैनपुर नजिकै रहेको यो बाउलि खोलामा दैनिक ८० देखि १०० भन्दा बढी महिला गिट्टी कुटेरै जीवन निर्बाह गरिरहेका छन् । 1642577813703.jpg

    बझाङको सदरमुकाम चैनपुर  नजिकै रहेको यो बगरमा गिट्टी कुट्नेको मेला लागे जस्तै देखिन्छ । तर वास्तविक उनीहरूका दु:ख भने अनुहारमा प्रष्ट झल्किरहेको देखिन्छन् ।
     

    खेतीपातीबाट ३ महिना खान नपुग्ने र भएको खेतवारी पनि  बाढीपहिरोले सखाप पारेपछि महिलाहरुको जीवन गुजार्ने उपाय बनेको छ - गिट्टी । 


    यो गिट्टी कुट्ने भिडबाट एउटामात्र आवाज गुन्जीरहेको हुन्छ । १ बोरा गिट्टीको १ सय रुपैया हुनुपर्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।