Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित

लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित

images
  • लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।

    images
    images
    images

    काठमाडौँले दिएको १५८ रनको लक्ष्य पछाएको लुम्बिनीले १९ ओभरमा अलआउट हुदै १३५ रन  बनाएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्बाधिक २७ रन बनाए भने दिलिप नाथले २५ र डी आर्ची शर्टले २२ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै काठमाडौँका बलर मिलिन्द कुमार र गेरहार्ड इरासमसले २-२ विकेट लिए भने करण केसी, शाहाब आलम, सन्तोष यादव र राशिद खानले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

    images
    images
    images

    त्यस्तै काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

    यो जितपछि काठमाडौँको ४ खेलमा २ जित र दुई हारसहित ४ अंक भएको छ भने लुम्बिनीको ३ खेलमा एक जित र दुई हारसहित २ अंक रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।