Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : चितवनद्धारा बिराटनगर सामु १७५ रनको लक्ष्य प्रस्तुत

एनपीएल : चितवनद्धारा बिराटनगर सामु १७५ रनको लक्ष्य प्रस्तुत

images
  • एनपीएल : चितवनद्धारा बिराटनगर सामु १७५ रनको लक्ष्य प्रस्तुत
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत  भएको आजको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    खेलमा विराटनगर किंग्सले टस जितेर दिएको ब्याटिङ्गको निम्तोलाई स्वीकादै चितवनले २० ओभरमा ५ विकेटको क्षतीमा १७४ रनको योगफल तयार गर्यो ।  चितवनको लागि सम्मानजनक योगफल तयार गर्ने क्रममा रवि भोपाराले ३८ बल खेल्दै ६५ रनको योगदान दिए । त्यस्तै टिमका लागि सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे ।
    बलिङ्गतर्फ सन्दीप लामिछानेले २, मर्चेन्ट डी लंगेले २ तथा शुभम सुबहस रंजनेले १ विकेट हात पारे ।

    images
    images
    images

    जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेर अपराजित रहेको छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

    images
    images
    images

    सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

    त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।