Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

विराटनगरमाथि चितवनको ४८ रनको फराकिलो जित

विराटनगरमाथि चितवनको ४८ रनको फराकिलो जित

images
  • विराटनगरमाथि चितवनको ४८ रनको फराकिलो जित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    चितवनले दिएको १७५ रनको लक्ष्य पछाएको विराटनगरले १६.५ ओभरमा अलआउट हुदै १२६ रन मात्र बनाएको थियो ।  विराटनगरका लागि मर्चेन्ट डि लान्गले सर्बाधिक ३९ रन बनाए भने प्रतिस जिसीले ३० रन बनाएका थिए । त्यस्तै साम हिजलेटले २२ रन बनाएका थिए । त्यस्तै चितवनका युवा बलर रन्जीत कुमारले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए । त्य्सैअग्री कमल सिंह ऐरीले २ तथा सोहेल तनवीर, सैफ जैब र कुशल मल्लले एक एक विकेट लिएका थिए ।  

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १७४ रन बनाएको थियो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ६५ रन बनाएका थिए भने सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डि लान्गले २-२ विकेट लिएका थिए भने शुभम रन्जानेले एक विकेट लिएका थिए । 

    यो जितपछि चितवनको ३ खेलमा ४ अंक भएको छ । त्यस्तै विराटनगरले भने यस सिजनको पहिलो हार बेहोरेको छ । विराटनगरको ४ खेलमा ५ अंक रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।