Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

एनपीएल : लुम्बिनीले सुदुरपश्चिमलाई दिया १४४ रनको लक्ष्य

एनपीएल : लुम्बिनीले सुदुरपश्चिमलाई दिया १४४ रनको लक्ष्य

images
  • एनपीएल : लुम्बिनीले सुदुरपश्चिमलाई दिया १४४ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदुरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    सुदुरपश्चिमले टस जितेर दिएको व्याटिङ्गको निम्तोलाई स्वीकार्दै व्याटिङ्ग गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो । लुम्बिनीका लागि रोहित पौडेलले ३६ बलमा ३५ रन तथा दिलिप नाथले ३१ रनको योगदान दिए । 

    images
    images
    images

    सुदुरपश्चिमका लागि हर्मित सिंहले ३,अविनाश बोहोराले ३ तथा हेमन्त धामीले २ विकेट लिए ।

    images
    images
    images

    लुम्बिनीले यस सिजनमा अहिलेसम्म खेलेका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले अहिलेसम्म तिनै खेल जितेर अपराजित रहेको छ ।

    रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् । 

    त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

    त्यस्तै आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दिउसो ४ बजेदेखि खेल्दैछन् । जारी प्रतियोगितामा जनकपुर र पोखरा दुवैले २(२ खेलमा दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेका छन् ।

    अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।

    त्यसैगरी कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।