काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।
टस जितेर लुम्बिनीले दिएको व्याटिगको निम्तो स्वीकार्दै पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै एडम रोसिंगटनको ८१ तथा जिम्मी निसमको ५१ रनको मद्धतमा १५० रनको योगफल तयार पारेको हो ।
लुम्बिनीका लागि शेर मल्लले २, तिलक भण्डारीले २ तथा गुलवादिन नाइवले १ विकेट लिए ।
जारी एनपीएलमा पोखरा एभेन्जर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology