Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित

लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित

images
  • लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    पोखराले दिएको १५१ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्बाधिक ४० रन बनाएका थिए भने निरोशान डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २५ र गुलबदिन नैबले १७ रन बनाएका थिए । त्यस्तै पोखराका बलर बिपिन खत्री, माट टेलर र सागर ढकालले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउदै १५० रन बनाएको थियो । पोखराका लागि एडम रोसिंगटनले सर्बाधिक ८१ रन बनाए भने जिम्मी निशामले अविजित ५१ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर तिलक भण्डारी र शेर मल्लले २-२ विकेट लिएका थिए भने गुलबदिन नैबले एक विकेट लिएका थिए ।

    यो जितपछि लुम्बिनीको ५ खेलमा दोस्रो जित हासिल गरेको छ भने पोखराले चौथो खेलमा तेस्रो हार बेहोरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।