Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्यो सुदूरपश्चिम

प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्यो सुदूरपश्चिम

images
  • प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्यो सुदूरपश्चिम
    images
    images

    काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । 

    images
    images
    images

    शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । 

    images
    images
    images

    पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ। सुदूरपश्चिमले लिग चरणमा चितवन, विराटनगरसँग खेल्न बाँकी छ । 

    images
    images
    images

    लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ । जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।