रमेश बहादुर सिह, बझाङ। लगातार हिजो बेलुका देखी परेको बर्षाका कारण बझाङमा विद्युत संगै टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएका छन् ।
मौसममा आएको परिवर्तनले बझाङ जिल्लाको जनजिवन प्रभावित भएको छ । दुइ दिनदेखी भएको मौषम परिवर्तनले बझाङ जिल्लामा जनजिवन प्रभावित भएको हो । हिजो देखी जिल्लामा विद्युत, टेलिफोन इनटरनेट सेवा बन्द हुँदा सेवाग्रही मारमा परेका छन् । जिल्लाको केदारस्यु गाँउपालिकाको केदार र थलारा गाँउपालिकाको वान्तालेकमा राखिएको टेलिकमको टावरमा रहेको सोलारमा चार्ज हुन नसकेपछी जिल्ला संञ्चारविहीन बनेको छ ।
मुख्य गरि यी दुइ टावरमा विद्युतको पहुच नभएका कारण समेत वेलावेला सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । टावरको नेटवर्कले काम नगरेको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको एक जना स्थानीय वासी बताएका छन्।
यस्तै बर्षा संगै परेको हिमपातका कारण विद्युत र इन्टरनेट सेवा समेत अवरुद्ध हुदा बझाङ बासि अहिले सम्पर्क बिहिन अवस्था छन । गएराती देखी नै सम्पूर्ण सेवाहरु अबरुद्ध भएका छन् । सामान्य मौसममा परिवर्त हुँदा तथा हिमपात र बर्षा भएपछि बझाङमा पटक पटक यि सेवाहरु अबरुद्ध हुने गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology