Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

एनपीएलको अंकतालिका, सुदूरपश्चिम शिर्ष र जनकपुर अन्तिम स्थानमा

एनपीएलको अंकतालिका, सुदूरपश्चिम शिर्ष र जनकपुर अन्तिम स्थानमा

images
  • एनपीएलको अंकतालिका, सुदूरपश्चिम  शिर्ष र जनकपुर अन्तिम स्थानमा
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अब अन्त्य तिर पुग्नेक्रममा रहेको छ । अहिलेसम्म सुदूरपश्चिम रोयल्स ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

    images
    images
    images

    त्यस्तै काठमाडौँ गोर्खाजले ६ खेल खेल्दै ८ अंक हासिल गरेको छ र हाल दोस्रो स्थानमा रहेको छ । अब एक खेल खेल्न बाँकी रहदा काठमाडौँ प्लेअफको नजिक रहेको छ । त्यस्तै विराटनगर किंग्स ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ र विराटनगर पनि प्लेअफमा छनौटको सम्भावना बढी रहेको छ ।

    images
    images
    images

    त्यसैगरी चितवन राइनोजको ४ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा छ भने लुम्बिनी लायन्सको ५ खेलमा ४ अंकसहित पाँचौं स्थानमा छ ।

    images
    images
    images

    त्यस्तै कर्णाली याक्सको ५ खेलमा २ अंक छ र छैटौं स्थानमा छ भने पोखरा एभेन्जर्स ४ खेलमा २ अंक सहित सातौं स्थानमा छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स रहेको जनकपुर बोल्ट्सको ४ खेलमा चारै खेलमा हार बेहोरेको छ ।

    लिग चरणमा ७-७ खेल खेलिने हुनाले अब अन्तिम चरणका खेलले प्लेअफको समीकरण तय गर्ने छ । अहिलेसम्म सुदूरपश्चिम प्लेअफमा पुगेको छ भने अन्य सातै टिमको प्राविधिक रुपमा सम्भावना कायम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।