देवदह । 'सुन्दर देवदह' नामक गीतको देवदहमा लोकार्पण गरिएको छ । सोमवार एक कार्यक्रम बीच कलाकार घनश्याम अग्रहरीको 'सुन्दर देवदह' बोलको गीत लोकार्पण गरिएको हो ।
गीतको लोकार्पण गर्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदहको चिनारी र पर्यटन विकासमा गीतले योगदान दिने बताइन् । 'यहाँका कलाकारद्वारा सिर्जित सबै रचना हाम्रा सम्पत्ति हुन् ।' नगर प्रमुख गुरुङले भनिन्, 'सुन्दर देवदह'ले देवदहको सुन्दरता बाहिर ल्याएको छ ।' उपप्रमुख गुरुङले नगरपालिकाका कार्यक्रमहरु र सेवाग्राही प्रतीक्षा हलमा गीतलाई बजाउने र देवदहबारे जान्न इच्छुकलाई समेत गीत हेर्न सुझाउने बताइन् ।
गीत बारे चर्चा गर्दै गायक अग्रहरीले देवदहको माटोको मायाले आफुले गीत लेखेको र गाएको बताए । 'म देवदहमा जन्मिएको हुँ, मेरो कर्मभुमि पनि देवदह नै हो र म यही अन्तिम सास फेर्न चाहन्छु' भावुक हुँदै उनले जन्मभूमि प्रतिको आफ्नो प्रेम दर्शाए ।
कार्यक्रममा बोल्दै देवदह नगर प्रवक्ता गणेश डुम्रे, लेखक तथा केरवानी माध्यमिक विद्यालयका प्राचार्य निर्मल ढुंगाना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल लगायतले गीतको चर्चासंगै र गायक अग्रहरीको मेहनतको प्रशंसा गरे ।
गीतमा देवदहका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको चर्चा गरिएको छ । १० मिनेट ३६ सेकेन्डको उक्त गीत 'ओमी ट्युन्स' युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
हेर्नुहोस् गीतको भिडियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology