Logo

२०८३, कार्तिक २९गते


images
images

'सुन्दर देवदह' गीतका सर्जक अग्रहरीलाई हाट बजार व्यवसायीको सम्मान

'सुन्दर देवदह' गीतका सर्जक अग्रहरीलाई हाट बजार व्यवसायीको सम्मान

images
  • 'सुन्दर देवदह' गीतका सर्जक अग्रहरीलाई हाट बजार व्यवसायीको सम्मान
    images

    देवदह । हाट बजार व्यवसायी संघ, देवदहले 'सुन्दर देवदह' गीतका सर्जक तथा गायक घनश्याम अग्रहरीलाई सम्मान गरेको छ । लामो समयदेखि हाट बजारमा व्यवसाय गर्दै आएका उनले देवदहको परिचयलाई समेटेर केही समयअघि गीत रिलिज गरेका थिए । 

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले व्यवसायसंगै आफुमा रहेको प्रतिभालाई पनि बाहिर ल्याउनुपर्छ भन्ने कुरा अग्रहरीबाट सिक्नुपर्ने बताए । देवदह नगरपालिकाका बजार अनुगमन संयोजकसमेत रहेका उनले हाट बजारको नियमित अनुगमन गरिएको र यसको भौतिक पूर्वाधारमा समेत देखिने गरी काम गर्ने पहल आफुले सुरु गरेको बताए । 
     
    त्यसैगरी हाट बजार व्यवसायी संघ देवदहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद अर्यालले बजार अनुगमनपछि हाट बजारबारे मिडियामा नकारात्मक समाचार आएको भन्दै गुनासो गरे । केही समय अघि बजार अनुगमनमा रायोको सागमा अत्यधिक विषादी रहेको पाइएको समाचार सेतोमसीसहितका मिडियाले प्रकाशन गरेको तर्फ इंकित गर्दै उनले सानो विषयलाई ठुलो बनाइएको धारणा राखे । उनले हाट बजारका राम्रा पक्षपनि मिडियाले बाहिर ल्याइदिनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    गीत सर्जक अग्रहरीले देवदहको माटोको मायाले आफुले गीत बनाएकोले नगरपालिकाले यसको प्रचारमा सहयोग गर्नुपर्ने विचार राखे । 'म आर्थिक सहयोग माग्दिन, मलाई कमाउनुपनि छैन ।' उनले भने, 'देवदहको प्रचार प्रसारमा सुन्दर देवदह गीतको प्रयोग मात्र गरिदिए मलाई पुग्छ ।'

    images
    images

    कार्यक्रम हाट बजार व्यवसायी संघ देवदहका अध्यक्ष मनिराम भण्डारीको अध्यक्षता, उपाध्यक्ष नरबहादुर बुढाथोकीको स्वागत र कार्यसमिति सदस्य गोविन्द पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन्दर देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।