Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल प्रिमियर लिग

एनपीएलमा आज दुई खेल हुदै

एनपीएलमा आज दुई खेल हुदै

images
  • एनपीएलमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र चितवन राइनोजबीच बिहान ११: ४५ बजेदेखि हुने छ ।

    images
    images
    images

    जारी एनपीएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन । जनकपुरले यस अघि खेलेका चार वटै खेलमा हार बेहोरेको छ । त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ ।

    images
    images
    images

    अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् । त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

    images
    images
    images

    त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

    जारी एनपीएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै  कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ । 

    कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् । त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।