Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

पोखरालाई हराउदै काठमाडौँ गोर्खाज एनपीएलको प्लेअफमा

पोखरालाई हराउदै काठमाडौँ गोर्खाज एनपीएलको प्लेअफमा

images
  • पोखरालाई हराउदै काठमाडौँ गोर्खाज एनपीएलको प्लेअफमा
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

    images
    images
    images

    विहिवार सम्पन्न खेलमा काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको हो । काठमाडौँले दिएको १६६ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो ।      

    images
    images
    images

    पोखराका लागि ऋषि धवनले सर्बाधिक ५४ रन बनाएका थिए भने धनन्जय लक्शानले ३०, कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै काठमाडौँका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए । त्यस्तै करण केसी र सन्नी पटेलले २-२ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    काठमाडौँका लागि बेन चार्लेजवर्थले सर्बाधिक ६४ रन बनाएका थिए भने भीम सार्कीले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५५ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १३ रन बनाएका थिए । त्यसैगरी पोखराका बलर धनन्जय लक्शानले ४ विकेट लिए भने कुशल भुर्तेलले २, विपिन खत्री र किरण ठगुन्नाले एक एक विकेट लिएका थिए ।

    यो जितपछि काठमाडौँले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै काठमाडौँले आफ्ना लिग चरणका सबै सात खेल खेलेको छ र १० अंक हासिल गरेको छ । त्यस्तै यो हारले पोखराको प्लेअफको यात्रा भने संकटमा परेको छ र ६ खेलमा ४ अंक रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।